Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

गणपति मिष्ठान्न भण्डार देवीनगरमा,मेयरले काटे रिबन

गणपति मिष्ठान्न भण्डार देवीनगरमा,मेयरले काटे रिबन

  • 2.3K
    SHARES

  • गणपति मिष्ठान्न भण्डार देवीनगरमा,मेयरले काटे रिबन

    बुटवल,असाेज ८ ।

    बुटवल ११ देवीनगरमा गणपति मिष्ठान्न भण्डारको शुभारम्भ भएको छ । सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिवन काटेर मिष्ठान्न भण्डारको शुभारम्भ गरेका हुन ।

    व्यवसायी मेघराज पन्थीले फ्रेन्चाइजको रुपमा देवीनगरमा सञ्चालनमा आएको छ । सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले पसलको शुभारम्भ गर्दै व्यवसायीक सफलताको शुभकामना दिए । लामोसमय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका उनले देवीनगरमा शाखा सञ्चालनगरेका हुन ।

    फार्ममा उत्पादित दुध, दही घ्यूबाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको सञ्चालक पन्तले जानकारी दिए । सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी रहेका छन् भने दैनिक ३ सय लिटर दुध उत्पादन हुदै आएको छ ।

    देवीनगरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । पछि डेरीजन्य पोड्क्ट उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्थले जानकारी दिए ।ganapati.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology