Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

व्यवहारमा सरल तर कानुन पालना कठोर बन्न प्रहरीलाई एआईजी सन्दीप भण्डारीको निर्देशन

व्यवहारमा सरल तर कानुन पालना कठोर बन्न प्रहरीलाई एआईजी सन्दीप भण्डारीको निर्देशन

  • 2.5K
    SHARES

  • व्यवहारमा सरल तर कानुन पालना कठोर बन्न प्रहरीलाई एआईजी सन्दीप भण्डारीको निर्देशन

    बुटवल,असाेज ७ ।

    नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन गर्न बुटवल आएका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारीले प्रहरीले जारी गरेको कार्यविधी भित्र रहेर काम गर्न निर्देशन दिएका छन् । बुटवलमा उद्योगी-ब्यबसायी, सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख भण्डारीले प्रहरीले आफ्नो आचरण ब्यबहार सुधार गर्दै जनताको शान्ती सुरक्षामा  लाग्नुपर्ने बताए ।

    प्रहरीहरु समाजमा नमुना हुनुपर्ने भन्दै एआईजी भण्डारीले व्यवहारमा सरल तर कानुन पालना गर्ने कुरामा प्रहरी सधै कठोर हुनुपर्ने बताए । प्रहरीलाई पीडीत मैत्री बनाउन प्रहरी सधै लागिपरेको भन्दै भ्रष्टाचार शुन्य सहनशिलतामा रहेर काम गर्न प्रहरीहरुलाई निर्देशन गरे । लुम्बिनी प्रदेशमा अन्य घटनाभन्दा आत्महत्याका घटना  बढ्दो देखिएको भन्दै यसलाई रोकथाम गर्न जनचेतना मुलक कार्यक्रम गर्न जरुरी रहेको बताए ।

    यसका लागि स्थानीय संघ संस्थाहरु समेत लाग्नुपर्ने बताए । पछिल्लो समय  प्रहरीले राम्रो काम गरेका कारण राजश्वमा समेत  बृद्धी भएको दाबी गरे । प्रहरी अतिरिक्त महानिरीक्षक  भन्डारीले भने(‘प्रहरीमा हिजो जस्तो आज र आज जस्तो भोली नहुने हुँदा धेरै कुराहरु सुधारीँदै आएको छ ।’ उनले कुनै गलत मनसाय राखेर काम गरेको पाइए तुरुन्त कारवाही हुने  बताए ।

    कार्यक्रममा पश्चिम नेपाल बस ब्यबसायी प्रालीका अध्यक्ष दधिराम खरेल, बुटबल उपमहानगरपालीका ४ का अध्यक्ष नरिश्वर पौडेल, बडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब विक्रम खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,रिमा बिसी लगायतले बोल्दै रुपन्देहीको शान्ती सुरक्षामा खुल्ला सीमानाबाट हुने चोरी तस्करी नियन्त्रण तथा चाडबाड लक्षित सुरक्षाबारे जिज्ञासा राखेका थिए  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology