Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट महायज्ञको शुभारम्भ

बुटवलमा जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट महायज्ञको शुभारम्भ

  • 1.2K
    SHARES

  • बुटवलमा जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट महायज्ञको शुभारम्भ

    बुटवल,असोज ७ ।

    बुटवलको सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ  । धर्मसंस्कृतिको संरक्षण र आर्थिक श्रीवृद्धिका लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा आज शनिबारदेखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।

    जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट महायज्ञको सुरुवात गरिएको हो । बुटवल उपमहानगरपालिकाक प्रमुख खेलराज पाण्डेयले धर्म संस्कृतिको संरक्षण गर्दै मन्दिरले  हरियाली र सरसफाई बनाउनको लागि जोड दिनुभयो । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जिवनारायण पौडेलले हिन्दु धर्मको उदगम भूमिको पहिचान बनाएको नेपालमा संस्कार, संस्कृति जगाउन जरुरी रहेको बताउनुभयो ।

    धर्म जोगाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने सुझाव दिदै उनले यसका लागि धर्मको शिक्षा लिने रुपमा प्रवचनसंगै संत्संग कार्यक्रम सुरु भएको हो ।भागवत प्रवचक डा यादवशरण गर्तौलाबाट भागवात प्रवचन भईरहेको छ भने  देशभित्र मात्र नभई भारतबाट समेत धेरै सन्त मन्तहरुको उपस्थिति रहेको छ ।

    मन्दिरको जग्गा र आफ्नै गुठी नहुदा पनि मन्दिर ब्यवस्थापनमा समस्या रहेको छ । स्थानीय बिष्णु कुमार क्षेत्रीबाट पाच धुर जग्गा दान बापत प्राप्त भएको र संस्थापक अध्यक्ष टिकाराम भण्डारीको अगुवाईमा मन्दिर, सत्संग भवनसहितको पुर्वाधार निर्माण भएको अध्यक्ष पौडलले बताउनु भयो ।

    कार्यक्रममा भागवात प्रवचक डा यादवशरण गर्तौलाले भदौको शुक्ल पक्ष सबैभन्दा धेरै चाडपर्व पर्ने समय भएको भन्दै यो समयमा भागवात सप्ताह श्रवण धेरै राम्रो हुने बताउनु भयो । 

    गाईको दूध, बगैचाको फुल, विद्या, कुवाको पानी र सम्पत्ति जति दान गर्दा पनि नघट्ने भन्दै दान पुण्य कर्म भएको उहाँले बताउनु भयो ।  शनिबार बिहान कलश यात्रा र दिउँसो समुद्घाटन कार्यक्रम भएको मन्दिरका सचिव नवराज चापागाईले जानकारी दिनुभयो ।KHEMA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology