Logo बिहिवार, आश्विन १ गते २०८३
images

राधाकृष्ण मन्दिर सुख्खानगरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

राधाकृष्ण मन्दिर सुख्खानगरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

  • 1.9K
    SHARES

  • राधाकृष्ण मन्दिर सुख्खानगरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

    बुटवल,असाेज ४ ।

    बुटवलको सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षण र आर्थिक  कोष बढाउन असोज ६ देखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको हो ।

    बुटवलमा पत्रकार सम्मेलन गरेर तयारी पूरा भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जिवनारायण पौडेलले बताए । उनले हिन्दु धर्मको उदगम भूमिको पहिचान बनाएको नेपालमा संस्कार, संस्कृति जगाउन जरुरी रहेको बताए । बिष्णु कुमार क्षेत्रीबाट पाच धुर जग्गा दान बापत प्राप्त भएको र संस्थापक अध्यक्ष टिकाराम भण्डारीको अगुवाईमा मन्दिर, सत्संग भवनसहितको पुर्वाधार निर्माण भएको हाे ।

    चपरामा कुम्भमेला लगाउने विषयमा शासास्त्रबाट अगुवाई गरेका जगतगुरु अनन्तश्रीविभुषित मोहनशरण देवाचार्यबाट सत्संग हुने उनले बताए । नेपालका प्रथम जगतगुरु जसले नेपालमा कुम्भ मेला चलाएको उनले बताए । उनले धर्मसंस्कृतिको संरक्षणसंगै मन्दिरको आर्थिक अवस्थालाई सहज हुने गरि महायज्ञ चलाउन लागिएको उनले बताए ।

    धर्म जोगाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने सुझाव दिदै उनले यसका लागि धर्मको शिक्षा लिने रुपमा प्रवचनसंगै संत्संग कार्यक्रम हुने बताए ।महायज्ञ शनिबार बिहान कलश यात्रा र दिउँसो समुद्घाटन कार्यक्रम हुने छ ।

    भागवात प्रवचक डा. यादवशरण गर्तौलाबाट भागवात प्रवचन हुने र देशभित्र मात्र नभई भारतबाट समेत धेरै सन्त मन्तहरुको उपस्थिति रहने उनले बताए ।जगतगुरु कुनै एउटा सम्प्रदाय नभई सबैको साझा भएको उनले बताए ।  गर्तौलाले भदौको शुक्ल पक्ष सबैभन्दा धेरै चाडपर्व पर्ने समय भएको भन्दै यो समयमा भागवात सप्ताह श्रवण धेरै राम्रो हुने बताए । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले वडामा रहेका धार्मिक, पर्यटकिय स्थलको संरक्षणमा स्थानिय सरकारबाट निरन्तर सहयोग गर्दै आएको बताए ।कार्यक्रममा मन्दिरका सचिव नवराज चापागाई,सञ्चारकर्मी खेमराज रेग्मी ,कपिल ज्ञवाली लगायतले बाेलेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology