Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

दाङमा गुडिरहेको बसमा एक्कासी आगो दन्कियाे,यात्रु सकुशल बस ध्वस्त

दाङमा गुडिरहेको बसमा एक्कासी आगो दन्कियाे,यात्रु सकुशल बस ध्वस्त

  • 3.4K
    SHARES

  • दाङमा गुडिरहेको बसमा एक्कासी आगो दन्कियाे,यात्रु सकुशल बस ध्वस्त

    दाङ,मंसिर २९-

    दाङको तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको  एउटा बसमा आज आगो लागेको छ।  रा  १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बखरियामा आगो लागेको हो।  साे बस अम्बिकेश्वरी यातायात प्रालिको हो।

    बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए। 
    ‘बसमा १२-१३ जना यात्रुहरू हुनुहुन्थ्यो,’ चालक चौधरीले भने ‘एकाएक आगो बलेपछि  सबै यात्रुलाई  एक एक गरि झर्न सुझाए र कुनै मानविय क्षति भएन।’

    ‘बस त सबै ध्वस्त भइसक्छ जस्तो छ,’ चौधरीले भने ‘अब दमकल आएपनि काम छैन।’उनले ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागवाट आगो सल्किएको जानकारी दिए। 

    ‘आगोदेखिए पछि बस रोकेर त्यो निभाउने प्रयास गर्‍यौं, तैपनि सफल भएनौं,’ चौधरीले भने। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले पनि ब्याट्रीको वाइरिङबाट आगो  सल्किएको बताए। 

    ‘कुनै मानविय क्षति भएको छैन,’ सिंहले भने ‘बसमा एकाएक आगो लागेपछि सावधानी पूर्वक सबै यात्रुहरू  समयमै बाहिर निस्किन सफल भए छन्।’ 

    यसैबीच उनले घटनास्थलमा तुलसीपुर उपमहानगरपालिकाबाट दमकल पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको जानकारी दिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology