Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

  • 1.5K
    SHARES

  • नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

    मध्यविन्दु (नवलपरासी), असोज १ ।

    नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो। 

    सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो। 

    “नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्”, उहाँले भन्नुभयो।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो।  रासस 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology