Logo बिहिवार, आश्विन १ गते २०८३
images

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

  • 1.3K
    SHARES

  • यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

    शुद्धोधन,भदाै ३० ।

    यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस शुद्धोधन ३ रमवापुरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।

    शुक्रवार हरितालिका तीजको अवसरमा क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा स्तानक र स्नातकोत्तर तहका गरि ५ टिम सहभागी रहेका थिए ।

    प्रतियोगितामा बिबिएस प्रथम वर्ष प्रथम हुँदै नगद ५ हजार प्रमाणपत्र , एमबीएस चौथो सेमेस्टर द्वितीय हुँदै ३ हजार नगद प्रमाणपत्र र बिबिएस द्वितीय वर्ष तृतीय हुँदै २ हजार नगद,प्रमाणपत्र प्राप्त गरेको छ।

    स्ववियु अध्यक्ष महेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, गाउँपालिका प्रवक्ता तथा वडा न ४ का वडा अध्यक्ष केशब प्रसाद अधिकारी,नेपाली काङ्ग्रेस शुद्धोधन अध्यक्ष दामोदर पौडेल,क्याम्पस प्रमुख टंक पौडेल लगायतले बोल्दै नेपाली महिलाको महान चाड तीजको अवसरमा शुभकामना व्यक्त गरि स्ववियुले समयसमयमा विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमको प्रसंसा गर्नुभयो ।

    तीज पर्वले विद्यार्थीहरुलाई सस्कृतिलाई मर्यादित ढङ्गवाट आत्मबोध एवम हस्तान्तरण गराउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।सो कार्यक्रम स्ववियु सदस्य अभिलेख पौडेलको स्वागत तथा हरिप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology