Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाजको तीज मिलन तथा दरखाने कार्यक्रम

गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाजको तीज मिलन तथा दरखाने कार्यक्रम

  • 6.6K
    SHARES

  • गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाजको तीज मिलन तथा दरखाने कार्यक्रम

    बुटवल,भदौ २३।

    गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाज रुपन्देहीले तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा बनबाटीकामा शनिबार भएको कार्यक्रममा दिनभर नाँचगान गरिएको थियो ।

    समाजका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  सत्यवती गाउँपालिकाका अध्यक्ष  टीकाराम पाण्डेले समाजले गरेको काम प्रशंसनीय रहेको धारणा राखे । उनले तराइ र पहाडलाइ एकआपसमा जोड्नुपर्ने बताए ।

    सो अवसरमा बिशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामु, समाजका संस्थापक अध्यक्ष सुबेदार खड्कबहादुर शाही,बुटवलका पुर्व मेयर रूपसिंह थापा, डा.डिबि खत्री,डा.लालबहादुर मल्ल,समाजका उपाध्यक्ष सुरेश थापा,मानव ,अधिकार तथा शान्ति समाज रूपन्देहीका अध्यक्ष कृष्ण भट्टराई ,रामबहादुर सेन,शशिधर भण्डारी ,भानुभक्त भण्डारी,समाजका सचिव खिमबहादुर खत्रीलगायतले बोलेका थिए ।

    कार्यक्रममा कलाकार दामोदर बस्याल,सीता राना र कलाकार कृष्ण सुवेदी लगायतले दिदिबहिनि तथा दाजुभाइलाइ भरपूर मनोरञ्जन दिलाएका थिए । साे अवसरमा समाजका आजिवन तथा नयाँ सदस्यहरुलाइ सम्मान गरिएको थियो ।

    समाजले बिभिन्न रचनात्मक कामहरु गर्दै आइरहेको छ ।teej a.jpg

    juniyaa.jpg गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाजद्वारा दुबै मृगौला फेल भएका केशवलाइ आर्थिक सहयोग

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology