बुटवल,चैत्र ३० ।
गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाजले दुबै मृगौला फेल भएका केशव थापालाइ आर्थिक सहयोग गरेको छ ।
दुबै मृगौला फेल भएर उपचारत ३७ बर्षिय केशव थापालाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी ७२ हजार ७ सय रुपैयाँ प्रदान गरिएको गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाजका संस्थापक अध्यक्ष खडक बहादुर शाहीले बताउनुभयो ।
सहयोग प्रदान कार्यक्रममा विष्णु शाही ,लाल बहादुर आले, थमन शाही, भीष्म शाही, गीरी प्रसाद भण्डारी, गंगा थापा र जमुना साही लागयतले सहयोगीमनहरुला धन्यवाद दिएका थिए ।
समाजका समापक अध्यक्ष शाहीले विरामीको स्वास्थ्यलाभको कामना गर्दै सहयोगी दाताहरुलाई धन्यवाद दिदै नयाँ बर्ष २०८० को उपलक्ष्यमा हार्दिक शुभकामना समेत व्यक्त गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)