बुटवल,मंसिर २७-
दाङमा शुक्रवार दिउँसो भएको मोटरसाईकल दूर्घटनामा परि एक किशोरको मृत्यु भएको छ । अर्का गम्भीर घाइते भएका छन् ।
गढवा गाउँपालिका वडा नं. ३ का १८ बर्षीय मनोज अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ । गढवा ४ का १९ बर्षीय प्रविण कार्की गम्भीर घाइते छन् ।
शुक्रवार दिउँसो लमहीवाट गढवा तर्फ जाँदै गरेको लु ५३ प २१३७ नम्वरको मोटरसाईकल लमही नगरपालिका वडा नं. ५ स्थित कलभर्टमा दिउँसो सवा २ बजे दूर्घटनामा परेको थियो ।
गम्भीर अवस्थामा उद्धार गरेर लमहीको प्रारम्भीक उपचार पछि बाँकेको कोहलपुर रिफर गरिएकोमा उपचारका क्रममा साढे ४ बजे घाइते अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
अर्का घाइते कार्कीको पनि गम्भीर अवस्थामा कोहलपुरमा उपचार भइरहेको डिएसपी खड्काले बताए ।वडा प्रहरी कार्यालय लमहीका प्रमुख सई पुरण मल्लका अनुसार उनीहरु दुबै जना प्लस टुमा अध्यनरत विद्यार्थी हुन ।
लमहीस्थित रोजीबोर्ड बोर्डिङ स्कूलबाट पढाइ सकेर घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेका थिए । मोटरसाईकल कस्ले चलाएको थियो भन्ने अझैं खुलि नसकेको मल्लले बताए ।
तीव्र गतिका कारण सानो कलभर्टमा अनियन्त्रित भइ मोटरसाईकल दूर्घटनामा परेको सई मल्ले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)