Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

कावासोतीका बोर्डिङले भदौ महिनासम्मको शूल्क लिन नपाउने

कावासोतीका बोर्डिङले भदौ महिनासम्मको शूल्क लिन नपाउने

  • 1.9K
    SHARES

  • कावासोतीका बोर्डिङले भदौ महिनासम्मको शूल्क लिन नपाउने

    नवलपुर ,मंसिर २७ ।

    पूर्वी नवलपरासीको कावासोती नगरपलिका भित्रमा निजी विद्यालयहरुले भदौ महिनासम्मको शूल्क लिन नपाउने भएका छन् ।

    कावासोती नगरपालिका नगर शिक्षा समितिले नगरभित्र सञ्चालिन कुनै पनि निजि विद्यालयहरुले भदौ महिनासम्मको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

    शुक्रबार कावासोती नगरपालीकाका उपप्रमुख प्रेमशंकर मर्दनियाको अध्यक्षतमा बसेको बैठकले निजी विद्यालयहरुले भदौ महिनासम्मको कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो ।

    कावासोती नगर शिक्षा शाखा, अभिभावक, संस्थगत विद्यालयका प्रतिनिधिबीचको छलफलले भदौ महिनासम्मको शुल्क नलिने सहमति गरेको कावासोती नगर शिक्षा अधिकृत छत्रबहादुर भण्डारीले बताउनुभयो ।

    कात्तिक महिनामा कोभिडको कारण विद्यालय बन्द गरिएकोले असोज महिना र मंसिर महिना देखिका महिनाहरुको मासिक शुल्क गत सालको शुल्कमा नबढ्ने गरि लिने निर्णय गरिएको नगर शिक्षा अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

    त्यस्तै, विद्यालय व्यवस्थापन,  परिक्षा,  वस तथा क्यान्टिन सेवाको  ५० प्रतिशत मात्र शुल्क लिने निणय गरिएको छ । कावासोती नगरपलिका भित्रका शैक्षिक सत्रका लागि २०७७ भित्र  विद्यालयको वर्गिकरण गरी शैक्षिक सत्र २०७८ बाट विद्यालय वर्गिकृत स्तर अनुसार विद्यालयको शुल्क निर्धारण गरिने निर्णय समेत गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर २७ २०७७०८:०५:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology