बुटवल,साउन २३ ।
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धबाबा सुरुङमार्गको माथिबाट पहिरो खस्दा मंगलबार बिहानैदेखि सडकखण्ड अवरुद्ध थियो ।
तिनाउ गाउँपालिका ३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो। हाल एकतर्फी रुपमा सवारी पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।
पहिरो हटाएपछि बिहानैदेखि सडकमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)