काठमाडौं,साउन १८ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्न्टिल सुन तस्करी प्रकरण निष्कर्षमा पुग्नेमा आशंका गरेका छन् ।
बिहीबार प्रेस युनियन काठमाडौले गरेको कार्यक्रममा उनले तस्करी, अनियमितता र भ्रष्टाचार प्रकरणको अनुसन्धान बीचैमा पुगेपछि रोकिने गरेको भन्दै सुन तस्करीको अनुसन्धानमा पनि प्रश्न गरेका हुन् ।कोइरालाले भने, ‘सुन काण्ड पनि सामसुम हुन्छ । यो काण्ड चलिरहँदा अर्को काण्ड निस्कन्छ । कुनै पनि काण्ड लजिकल इण्डमा पुग्दैन ।’
यसअघि नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरण पनि टुंगोमा नपु¥याइएको उनले बताए । ‘एउटा इस्यु उठ्छ । अर्को इस्यु उठ्दा अघिल्लो साइड लाग्छ । भुटानी शरणार्थीको एउटा अघि बढ्दै थियो’, कोइरालाले भने,‘साइड लाइन लाग्या छ । त्यसपछि ललिता निवास जग्गा प्रकरण आयो । त्यो इस्यु पनि अगाडि बढ्दै बढ्दै गयो । ठ्याक्क गएर रोकिन्छ ।’
उनले विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवको भूमिका रहेका सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएकामा पनि असन्तुष्टि व्यक्त गरे । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको ढुंगानाकै नेतृत्वमा अनुसन्धान भइरहेको छ ।
‘जो डीजी ९महानिर्देशक० हुनुहुन्छ त्यस्को । सुनकाण्ड भन्दा १० दिन या ७ दिन पहिले प्रधानमन्त्रीजीको पीए हुनुहन्थ्यो । हामी कहाँ पुग्न खोज्दैछौ रु सोंच्दै जाऔं’ कोइरालाले आशंका गरे ।भ्रष्टचारका मुद्धा बाहिर आउँदा शीर्ष तीन नेता छलफलमाा बस्ने गरेकामा पनि उनले विरोध जनाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)