Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा सार्वजनिक स्थलको १०० मिटर वरपरका पसलबाट सूर्तीजन्य पदार्थको विक्रिवितरण गरे कारबाही

तिलोत्तमामा सार्वजनिक स्थलको १०० मिटर वरपरका पसलबाट सूर्तीजन्य पदार्थको विक्रिवितरण गरे कारबाही

  • 2.3K
    SHARES

  • तिलोत्तमामा सार्वजनिक स्थलको १०० मिटर  वरपरका पसलबाट सूर्तीजन्य पदार्थको विक्रिवितरण गरे कारबाही

    बुटवल,साउन १० ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण गरे कारबाही गरिने भएको छ ।

    तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थल लगायत सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको विक्रि वितरण गरेको पाइए कानुन बमोजिम कार्वाही हुने बताए ।

    ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्था बमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थल लगायत नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरि तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको विक्रिवितरण गर्न नपाइने व्यवस्था भएकोले कोही कसैले उल्लिखित सार्वजनिक स्थल वरपर कम्तिमा १०० मिटर भित्र सुर्तीजन्य पदार्थको विक्रि वितरण गरेको पाइएमा नियमानुसार कारवाहीको लागि सम्बन्धीत निकायमा पठाइने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।’– नगर प्रमुख खाँणले जारी गरेको सूचनामा भनिएको छ ।

    यस अघि तिलोत्तमा नगरपालिकाले नगरभित्र गुट्दाजन्य पदार्थ विक्रि वितरण गर्न रोक लगाउँदै अटेर गरे ५० हजारसम्म जरिवाना हुने जनाएको थियो ।tilo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology