Logo बिहिवार, आश्विन १ गते २०८३
images

विद्युत् आपूर्ति नियमित बनाउन माग गर्दै स्वतन्त्र नागरिक अभियानको ज्ञापनपत्र

विद्युत् आपूर्ति नियमित बनाउन माग गर्दै स्वतन्त्र नागरिक अभियानको ज्ञापनपत्र

  • 1.4K
    SHARES

  • विद्युत् आपूर्ति नियमित बनाउन माग गर्दै स्वतन्त्र नागरिक अभियानको  ज्ञापनपत्र

    भैरहवा,जेठ ३२ ।

    विद्युत् आपूर्ति नियमित बनाउन माग गर्दै स्वतन्त्र नागरिक अभियान रुपन्देही सिद्धार्थनगरले ज्ञापनपत्र बुझाएको छ ।

    अभियानले बुधबार नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै छिनछिनमा विद्युत् आउने जाने गर्दा कतिपय अवस्थामा हाई भोल्टेज आउँदा विद्युतीय उपकरणहरू बिग्रिएकाले विद्युत् आपूर्ति नियमित हुनुपर्ने माग गरेको हो ।

    अभियानका संयोजक नारायण प्रसाद भण्डारीले विद्युत् आपूर्ति नियमित गर्न आवश्यक पर्ने उपकरण तथा तार, ट्रान्सफर्मरहरू फेर्नुपर्ने, कतिपय ठाउँमा लो भोल्टेज रहेकाले चेकजाँच गर्नुपर्ने र नगरका कतिपय ठाउँमा हाइ(टेन्सन लाइन घरको छतबाट गएकाले उक्त सप्लाई लाइन हाई–वे मा ल्याउनुपर्ने बताउनुभयो । उहाँले नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न नसके र थेग्न नसकेको अवस्थामा ग्राहकलाई अग्रिम सूचना दिनुपर्ने माग गर्नुभयो ।

    अभियानका सदस्य सचिन रोक्काले गर्मीयाममा विशेषगरी रातको समयमा विद्युत् कटौती हुँदा सुत्न नसकिएको गुनासो गर्नुभयो । उहाँले लो भोल्टेज समस्या समाधानका लागि ट्रान्सफर्मर थप्नुपर्ने माग पनि गर्नुभयो । अनियमित विद्युत् कटौतीका कारण विद्युतीय उपकरण बिग्रिएको र जसका कारण लाखौँको क्षति भएको उहाँको भनाइ छ ।

    अभियानका अर्का सदस्य कृष्ण बहादुर गुरुङले विद्युत कटौती गर्नुपर्ने अवस्था भए नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सूचना दिनुपर्ने बताउनुभयो । ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख ई। सञ्जय कुमार मिश्रले विद्युत् कटौती भैरहवाको मात्र नभई राष्ट्रव्यापी समस्या भएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘पानी परे यो समस्या स्वतः समाधान हुन्छ ।’स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरका संयोजक नारायण प्रसाद भण्डारीको नेतृत्वमा सदस्यहरू सचिन रोक्का, रामअवध गुप्ता, कृष्ण बहादुर गुरुङ, राम प्रसाद भण्डारी (रामु) लगायत ज्ञापनपत्र बुझाउन बुधबार विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र पुग्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology