Logo बिहिवार, आश्विन १ गते २०८३
images

गलत तथ्याङ्क सच्याउन माग गर्दै मगर संघले बुझायो ज्ञापनपत्र

गलत तथ्याङ्क सच्याउन माग गर्दै मगर संघले बुझायो ज्ञापनपत्र

  • 1.4K
    SHARES

  • गलत तथ्याङ्क सच्याउन माग गर्दै मगर संघले बुझायो ज्ञापनपत्र

    बुटवल,जेठ ३०।

    नेपाल मगर संघले नेपाल सरकारद्वारा हालैमात्र सार्वजनिक गरिएको भाषा, धर्म र जातिगत तथ्यांक प्रति असहमती राख्दै सच्याउन माग गरेको छ ।

    नेपाल मगर संघले सरकारद्वारा सार्वजनिक गरिएको तथ्यांङ्कमा मगर समुदायको थर ‘पुन‘लाई छुट्टै जातिको रुपमा राखी तथ्यांङक सार्वजनिक गरिएको विषयलाई सच्याउन माग गदै सोमबार प्रधानमन्त्रीलाई सातै प्रदेश सरकारका मूख्यमन्त्री, सबै स्थानिय तह र देशै भरका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाइएको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द« पुनमगरले जानकारी दिनुभयो ।

    सरकारले ‘पुन’ जातिलाई मगर भन्दा फरक छुट्टै जातिको रुपमा मान्यता दिई तथ्याङक सार्वजनिक गर्नु सरकारको गलत मनसाय र मिलेर बसेको मगर समुदायमा द्वन्दको विजारोपण भएको अध्यक्ष पुनको भनाई छ ।

    ‘इतिहाँस, भूगोल, भाषा, सस्कृति, भेषभूषा, रहनसहन र प्राचिनताको हिसाबले पुनहरु मगर जातिभित्र एक प्रमूख थर भएको हुनाले तीन दिन भित्र पुन जाति भनि सार्वजनिक  गरिएको ९ हजार ८ सय बीस जनाको संख्यालाई मगर समुदायको संख्यामा गाभ्न निर्देशन दिनु हुन प्रधानमन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

    साथै नेपाल मगर संघ बुटवल उपमहानगर समितिले पनि केन्द्रिय कार्यक्रम अनुसार बुटवल उपमहानगरपालिकाका प्रमूख खेलराज पाण्डेय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    नेपाल मगर संघ बुटवल उपमहाानगरपालिका समितिका अध्यक्ष बसन्ती साठिघरे मगरको अगुवाइमा नगर प्रमूख खेलराज पाण्डेयलाई सोमबार ज्ञापन पत्र बुझाएको हो ।

    ज्ञापनपत्र बुझ्दै बुटवल उपमहानगरपालिकाका प्रमूख खेलराज पाण्डेयले यो गम्भिर विषय भएको बताउँदै संघको ज्ञापनपत्र सम्बन्धित ठाउँमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    ज्ञापनपत्र बुझाउन नेपाल मगर संघ बुटवल नगरका पूर्व अध्यक्ष गोपाल चोहानमगर, संघका प्रेस सल्लाहकार सनु थापामगर, नेपाल मगर महिला संघ बुटवल नगर समिति अध्यक्ष सरिता श्रीसमगर लगायत संघका पदाधिकारी तथा सदस्यहरु बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयमा पुग्नुभएको थियो ।

    यसैबीच नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष आन बहादुर सोतीमगरले आफ्नो नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको जानकारी दिनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology