Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दिनदिनै किन अड्किन्छ बुटवल हिल्स पुग्ने लुम्बिनी केवलकार ?

दिनदिनै किन अड्किन्छ बुटवल हिल्स पुग्ने लुम्बिनी केवलकार ?

  • 22.7K
    SHARES

  • दिनदिनै किन अड्किन्छ बुटवल हिल्स पुग्ने लुम्बिनी केवलकार  ?

    बुटवल, जेठ २७ ।

    बुटवलमा संचालनमा आएको  लुम्बिनी केवलकारको ब्यबस्थापन पक्ष फितलाे देखिएको छ । केवलकार  दैनिक जसो बिचबिचमा रोकिने गरेको छ । यसले यात्रुहरुलाई थप समस्या सिर्जना गरेको हाे । यसबाट बालबालिका,बिरामी तथा जेष्ठनागरिक बढि प्रभावित बनेका हुन् ।

    यसअघि पनि यो समस्या भएको थियो । टीकटदर पनि १ हजार राखिएपछि स्थानीय मर्कामा परेका छन् । उनीहरुले आफुहरु केवलकार चढ्न होइन माथि पोलमा हेरेर चित्त बुझाउनुपरेको बताएका छन् । उनीहरुले आफुहरुलाइ ५६५ लिएपनि अझै सहुलियत दिनुपर्ने बताउँछन् । 

    विहिबार केवलकारको औपचारिक उद्घाटन केवलकारको माथिल्लो बटम स्टेशन बसन्तपुरमा हुने कार्यक्रम तय थियो । त्यसका लागि अतिथि सवैलाई गोलपार्क बमघाटबाट बसन्तपुर तर्फ केवलकारमा जाने व्यवस्था मिलाइएको थियो ।

    तर बमघाट बाट जाने केही अतिथि २ मिनेट बढि समय बीचमै अड्किने पुगे । स्थानिय रिता सेन बीचमै केवलकार रोकिएको बताईन् । गुल्मीबाट बुटवल आएका प्रकाश पन्थले पनि आफु केवलकारमा ६ मिनेट अड्किए को गुनासो गरे ।   ticket lumbini cable car.jpg

    बुटवल हिल्स द्वारा प्रबद्धित लुम्बिनी केवलकारको टिकट दर महंगो भएको गुनासो आइरहेका बेला केवलकार समेत बीच बीचमा रोकिदा धेरैले यसलाई व्यवस्थापन टिमको गम्भिर कमजोरी भएको बताएका छन् ।बिजुली अनियमित हुँदा बेलाबेला केवलकार रोकिएको केवलकारका प्राेजेक्ट म्यानेजर गाेकुल साउद दाबी गर्छन् ।

    कामाख्या मन्दिरमा माथि जानेबेला झोलामा पनि केही ड्राई फुड लैजान नदिएको र माथि नै किन्न बाध्य पारेको बुटवलका दिनेश पौडेलले नागरिक अनलाइनलाइ बताए । lumbini-cable-car.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology