Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा लुम्बिनी केबलकारको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा लुम्बिनी केबलकारको उद्घाटन

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा लुम्बिनी केबलकारको उद्घाटन

    बुटवल,जेठ २५  ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको हाे। बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरसम्म जोडने गरी बनाइएको लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गरेका हुन्।

    केबलकार उद्घाटन गर्न प्रधानमन्त्री दाहाल काठमाडौंबाट हेलिकोप्टरमा बुटवल आएका थिए। प्रधानमन्त्री दाहाल बसन्तपुर डाँडाँस्थित केबलकारको माथिल्लो स्टेशन पुगेर उद्घाटन गरेका हुन्।आइएमई समूहको लगानीमा यो केबलकार बनाइएको हो। जसमा २५ गोन्डुला छन्। दैनिक ६ हजार यात्रुलाई केबलकारले सेवा दिन सक्ने बताइएको छ।

    लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए।  भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने  संभावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए। 

    केबलकार उद्घाटन पछि आयोजित कार्यक्रममा नेकपा एमालेका नेता विष्णु पौडेल, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत नेताहरू सहभागी छन्।

    आइएमई समूहले यसअघि नवलपुरको मौलाकालिका र काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार सञ्चालनमा ल्याएको थियो। यो केबलकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology