Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

दार्शनिक योग गुरू डा.विकासानन्द बुटवलमा,भोली ,योग, ध्यान, हिप्नोसिस एवं प्रवचन

दार्शनिक योग गुरू डा.विकासानन्द बुटवलमा,भोली ,योग, ध्यान, हिप्नोसिस एवं प्रवचन

  • 1.4K
    SHARES

  • दार्शनिक योग गुरू डा.विकासानन्द बुटवलमा,भोली ,योग, ध्यान, हिप्नोसिस एवं प्रवचन

    बुटवल,जेठ १२ । 

    विश्व विख्यात दार्शनिक तथा योग गुरु डा.विकासानन्द बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचनका लागि बुटवल आइपुगेका छन् ।

    विकासानन्द फाउण्डेशन (विश्व परिवार) शनिबार बुटवलको योगिकुटी होटल दा फ्लामिङ्गोमा  प्रवचनसहितको कार्यक्रम राखिएको छ । विकासानन्दलाई बुटवलमा फोउन्डेसनले स्वागत गरेको हो ।

    भोलि हुने कार्यक्रमको तयारी पूरा भएको संयोजक  लिला गौतमले बताइन् । ‘संसार बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मूल मन्त्रसहित शनिबार कार्यक्रमको आयोजना गरिएको गौतमको भनाइ छ । ध्यान, योग बारेका महत्व बारे जानकारी गराउँदै गाभा, काभा, नाभा, हिक्नोसेस तथा रेकी हिलिङ प्रविधिबाट उपचारको समेत व्यवस्था गरिएको छ ।

    प्रवचनमा रुपन्देहीका एक हजार बढी सहभागी हुने बताइएको छ । कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ टीकटदर छ ।mano kranti.jpg

    बिहान र दिउँसो गरी दुई खण्डमा सञ्चालन हुने योगा तथा प्रवचन कार्यक्रमले विश्व परिवारमा सामेल हुन चाहने व्यक्तिहरुलाई संगठित गर्न सहयोग पुग्ने आयोजकको लक्ष्य रहेको छ । दार्शनिक तथा योग गुरु डा. विकासानन्दले मनोक्रान्ति राष्ट्रिय अभियानले आफ्नो लागि साधना, अरुको लागि सेवा भन्ने मूल नारा बोकेर हिडेको बताए ।

    विकासानन्दले प्रवचनको शिक्षाले स्वास्थ्य लाभ, शान्ति, आनन्द प्राप्ति हुनुका साथै आध्यात्मिक, नैतिक र वैचारिक लाभ प्राप्त हुने बताए । सम्पूर्ण मानवलाई एक ठाउँमा जोडेर विश्व परिवार निर्माणको अभियान फाउन्डेशन रहेको छ । योगी विकासानन्दको बुटवलमा यस्तो प्रकृतिको कार्यक्रममा पहिलो पटक हुन लागेको हो ।

    अभियानमै जोडिएको रक्षा नेपालकी संस्थापक तथा अध्यक्ष मेनका थापाले मनोक्रान्ति राष्ट्रिय अभियानले सबैको भावना बदल्ने बताइन् ।सो अबसरमा फाउन्डेसनकी रेकि ग्राण्ड माष्टर कमलेश्वरी श्रेष्ठ,गोपाल अधिकारी लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology