Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा दार्शनिक तथा योग गुरु डा.विकासानन्द आउने,योग,ध्यान, हिप्नोसिस एवं प्रवचन कार्यक्रम हुँदै

बुटवलमा दार्शनिक तथा योग गुरु डा.विकासानन्द आउने,योग,ध्यान, हिप्नोसिस एवं प्रवचन कार्यक्रम हुँदै

  • 7.9K
    SHARES

  • बुटवलमा दार्शनिक तथा योग गुरु डा.विकासानन्द आउने,योग,ध्यान, हिप्नोसिस एवं प्रवचन कार्यक्रम हुँदै

    काठमाडौं,बैशाख २८।

    बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचन  कार्यक्रम हुने भएको छ । विश्व विख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्दको उपस्थितीमा कार्यक्रम हुने भएको हो ।

    ‘संसार बदल्नु छ, शुरु आफैबाट गर्नु छ ’भन्ने मूल मन्त्रसहित शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था विकासानन्द फाउण्डेशन (विश्व परिवार) का संयोजक लिला गौतमले जानकारी दिइन् । 

    विहिबार गणपति मिष्ठान्न भण्डारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ध्यान, योग बारेका महत्व बारे जानकारी गराउँदै गाभा, काभा, नाभा, हिक्नोसेस तथा रेकी हिलिङ प्रविधिबाट उपचारको समेत व्यवस्था गरिएको संयोजक गौतमले बताइन् ।

    रुपन्देहीका एक हजार बढी सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ  टीकटदर राखेर खर्च व्यवस्थापन गरिएको सचिव प्रकाश बिसीले जानकारी दिए ।

    विहान र दिउँसो गरी दुई खण्डमा सञ्चालन हुने योगा तथा प्रवचन कार्यक्रमले विश्व परिवारमा सामेल हुन चाहने व्यक्तिहरुलाई संगठित गर्न सहयोग पुग्ने आयोजकको लक्ष्य रहेको छ । 

    सम्पूर्ण मानवलाई एक ठाउँमा जोडेर विश्व परिवार निर्माणको अभियान अघि बढाउने लक्ष्यसहित संस्थाले कार्यक्रम आयोजना गरेको जनाएको छ । दार्शनिक तथा योग गुरु डा. विकासानन्दको शिक्षाले स्वास्थ्य लाभ, शान्ति, आनन्द प्राप्ति हुनुका साथै आध्यात्मिक, नैतिक र वैचारिक लाभ प्राप्त हुने संस्थाका कोषाध्यक्ष चन्दा मगरले बताइन् ।

    सहभागीहरुको लागि सोही टिकटबाट नै खाना, खाजाको प्रबन्ध गरिएको छ । योगी विकासान्द बुटवलमा यस्तो प्रकृतिको कार्यक्रममा पहिलो पटक आउन लागेका हुन् ।

    कार्यक्रम बुटवलको दा फ्लामिङ्गो होटलमा हुने छ । sibir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology