Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

  • 1.2K
    SHARES

  • थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    काठमाडौँ, बैशाख ३० ।

    देशभर थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ जना संक्रमित निको पनि भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ । यो पीसीआरबाट संक्रमण पुष्टि भएको संख्या मात्र हो ।

    सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत छन् । महामारी सुरु भए यता देशमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology