बुटवल,मंसिर १८-
गुल्मी कालीगन्डकी गाउपालीका बडा नम्बर ७ भुतुड छापचौरका युवाहरू एकजुट भएका छन् ।कामको सिलसिलामा जन्मभुमी छोडेर हिडेका युवाहरू अहिले आफनो जन्मभूमिमा केही गर्नुपर्छ भनेर गाउको उत्पादन बुटवल बजार ल्याउने योजना सहित अन्तरकृया कार्यक्रम गरेका छन् ।
गाउँ र शहरलाई व्यवसायिक हिसावले एक अर्काबीच नजोड्दासम्म आर्थिक, सामाजिक विकास नहुने सोंचका साथ गुल्मी भुर्तङ्ग छापचौरका उद्यमशील युवाहरु व्यवसायिक सहकार्यको भावनाले अगाडि बढेका हुन् । उनीहरुले गाउँका कृषकहरुको उत्पादनलाई बजारीकरण गर्न सहज हुने सोंचलाई प्रदेशव्यापी बनाएर लैजाने कार्ययोजनाका साथ अगाडि बढ्ने निधो गरेका हुन् ।
यहाँका युवाहरुको यो अभियानलाई स्थानीय सरकार पनि सहयोग गर्न तयार रहेको गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले बताए । सो समूहले सिद्धकालीका सहकार्य सस्ंथामार्फत सिद्धकालीका मल्टी प्रपोज प्रालि गठन गरेर आफ्नो काम थालनी गरेकोमा अध्यक्ष थापाले खुसी व्यक्त गरेका छन् ।
जन्मभूमि प्रतिको मायाले गर्दा गाउँको समग्र विकासका साथै आर्थिक सम्वृद्धिका लागि एकतावद्ध रुपमा अगाडि बढेकोमा स्थानीय सरकारले हरेक लगानीका सम्भावनालाई स्वीकार गर्ने प्रतिवद्धता समेत अध्यक्ष थापाले व्यक्त गरे ।
युवाहरुलाई स्वरोजगारी सिर्जना गर्ने अभियान रहेको संस्थाका सचिव सागर केसीले जानकारी दिए ।युवाहरुले रुपन्देहीबाट सहकार्य गर्ने काम शुरु गरेको र सो कार्यले कृषि उत्पादन, पशुपालन र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने देखेपछि गाउँ कार्यपालिका सहकार्य गर्न तयार भएको कालीगण्डकी गाउँपालिकाकी उपप्रमुख तारा थापाले बताईन ।
विकासका आयोजना सञ्चालन गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष सन्तोष पौडेलले बताए । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का क्षेत्रिय सहसचिव पूण्य सुवेदी, कालीगण्डकी ७ का वडाअध्यक्ष लोकप्रताप शाह, भिजन लुम्बिनीका कूलबहादुर केसी, भुर्तुङ्ग तराई सम्पक समाजका अध्यक्ष राजकुमार केसी, संस्थाका उपाध्यक्ष फटिक क्षेत्री, अर्का उपाध्यक्ष कूलबहादुर कार्की, होटल व्यवसायी तथा जनमोर्चाका केन्दीय प्रतिनिधी रामबहादुर क्षेत्री, लगायतका व्यक्तित्वहरुले यो समूहको काम प्रसंसनीय भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)