Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुग्याे,२४ घण्टामा १२२८ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुग्याे,२४ घण्टामा १२२८ थपिए

  • 6.6K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुग्याे,२४ घण्टामा १२२८ थपिए

    बुटवल,भदौ १८ ।

    पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ। हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन्। 

    १३ हजार ४ सय १३ जनाको आज पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमणमुक्त भएका छन्। योसहित २४ हजार २०७ जना निको भएर घर फर्किएका छन्।

    २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु :

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मृत्युहुनेमा ४ जना महिला र २ पुरुष रहेका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ  ।

    रुपन्देहीकी महिलामा मृत्युपछि कोरोना पुष्टि :

    बुटवलमा एक महिलाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।बुटवलको सिद्धबाबा अस्पताल रामनगरमा उपचार गराएकी बुटवल–७ कि ४५ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको थियो । तर उनको पीसीआर रिपोर्ट बिहीबार आएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    चार दिनदेखि ज्वरो आएर स्वासप्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो अस्पतालमा उपचार गराउन गएकी उनको बुधबार साँझ मृत्यु भएको प्रवक्ता रेग्मीले बताए ।

    मृतक महिलाको रिपोर्ट पोजेटिभ आएपछि महिलाको उपचारमा संलग्न दुईजना स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका र अस्पतालको आकस्मिक कक्ष २४ घण्टा बन्द गरेर निर्मलीकरण गरिने अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology