Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

श्री एयरलाइन्सको जहाज भैरहवामै ग्राउन्डेड

श्री एयरलाइन्सको जहाज भैरहवामै ग्राउन्डेड

  • 723
    SHARES

  • श्री एयरलाइन्सको जहाज भैरहवामै ग्राउन्डेड

    बुटवल,वैशाख २६ ।

    श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरिएको छ ।नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलाइन्सको ९एन–एएनई विमानमा गत शनिबार र आज सोमबार सोही समस्या दोहोरिएपछि विमान ग्राउन्डेड गरिएको हो ।

    सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको उक्त जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि २० मिनेटपछि भैरहवामै फर्काएर ल्यान्ड गरिएको थियो । ल्यान्डिङ गियरमा देखिएको समस्याले रनवेमै जहाज अड्कि‌ंदा झण्डै ५० मिनेट विमानस्थल अवरुद्ध भएको थियो ।

    विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाइजहाजलाई काठमाडौं नै फर्काउनु परेको थियो ।प्राधिकरणका अनुसार शनिबार धनगढी विमानस्थलमा पनि श्री एयरलाइन्सको उक्त जहाजमा यही समस्या देखिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology