बुटवल,वैसाख २६।
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ। उडेको १८ मिनेटमै पुन: भैरहवा विमानस्थलमै अवतरण गरिएको विमानस्थलले जनाएको छ।
आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको हो। उडिरहेको जहाजको पांग्रा भित्र नपसेपछि जहाज भैरहवा फर्काइएको जनाइएको छ।अहिले जहाजमा रहेका यात्रुहरूलाई डिपार्चर कक्षामा राखिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद राउतले जानकारी दिए।
सबै यात्रुहरू सकुशल छन्।अतवरण गरिएको जहाज अन्तर्राष्ट्रिय टरमिनल तर्कको पार्किङमा राखिएको र रन वे क्लियर भएसँगै विमानस्थल सुचारू भइसकेको छ।
भैरहवाबाट बिहान ९:३९ बजे काठमाडौं उडेको जहाज ९:५७ बजेमै भैरहवा अवतरण गरिएको हो। जहाजमा दुई बालकसहित ७५ जना यात्रु थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)