बुटवल,मंसिर १८-
नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।
तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
पौडेलले उद्घाटन गर्ने कार्यक्रमका लागि केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराई तनहुँ आएको जिल्ला सचिव विश्व वाँस्तोलाले जानकारी दिए।
पुल उद्घाटनअघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको बास्तोलाले बताए। केन्द्रीय नेतासहितको जुलुस पुल बनेको स्थानमा पुगेर सभासहित उद्घाटन गरिने भएको छ।
दुई करोड ५४ लाख रुपैयाँ लागतमा गत साल पुल निर्माण सकिएको छ। उद्घाटन गर्न बोलाउने व्यक्तिका विषयमा विवाद भएपछि नेकपा कार्यकर्ता विरोधमा उत्रिएका थिए।
ओली लोकतन्त्रका लागि नभई हत्या मुद्दामा जेल बसेका हुन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई हत्या मुद्दामा जेल बसेको बताएका छन् ।
बुधबार गृहजिल्ला तनहुँमा व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । बिहीबार सोही पुल उद्घाटन गर्दै पौडेलले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् ।
‘यो देशको प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भेर ककसले भन्नुभयो । होइन, ज्यान मुद्दामा बसेको हो’ उनले अघि भने, ‘जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो । अनि जेल परिहाल्यो । यो लोकतन्त्रका लागि हो रु केपी ओली मेरो अगाडि कुरा गरोस् ।’
जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ र? भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रले सरकारको नेतृत्वमा पुगेको उनको दाबी छ । पौडेलले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि समेत प्रश्न उठाए । ‘राष्ट्रवादको हिरो त अस्ति देखिहालियो नि । विदेशी गुप्तचरसँग तीन घण्टा के गरियो ? राष्ट्रवाद त्यही हो ?’उनले प्रश्न गरे ।
किसुनजीले कम्युनिस्टहरुलाई साथमा लिएर हिँड्न खोजेको तर गर्दागर्दा हैरान भएपछि ‘गधालाई जति धोएर गाई बनाउन सकिएन । कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन’ भनेको स्मरण गर्दै पौडेलले प्रधानमन्त्री ओली सुध्रिए होलान् भन्ने लागेपनि नसुध्रिएको बताए ।कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन भन्ने बुधबारको घटनाले देखाएको पौडेलले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)