Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छः शेखर कोइराला 

आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छः शेखर कोइराला 

  • 1.0K
    SHARES

  • आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छः शेखर कोइराला 

    विराटनगर,वैशाख १६ ।


    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन्।शुक्रबार मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले त्यसका लागि मुलुकभरि सङ्गठन मजबुत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि बढ्नु जरुरी रहेको बताए। 

    उनले आजदेखि आफू जनता एवं पार्टीका साथीसँग जोडिने प्रण गर्छु भन्दै देशभरिका जनताका प्रत्येक सुखदुःखमा साथमा रहेमा कांग्रेसलाई पुरानो अवस्थामा ल्याउने दाबी गरे। 

    नेता डा कोइरालाले हालैसम्म उपनिर्वाचनले कांग्रेसलाई धेरै पाठ सिकाएको उल्लेख गर्दै पार्टीका कमीकमजोरीलाई सुधार गर्दै लाग्नुपर्ने आवश्यकता औंल्याए। 

    उनले अयोग्य लडाकूलाई रकम होइन रोजगारी दिनुपर्ने बताउँदै शिक्षक कर्मचारीले पेन्सन नपाइरहेको एवं ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा दुई लाख दिने निर्णय गलत भएको बताए। 

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology