बुटवल,मंसिर १७-
डिभी एजुकेशन काठमाडौले बुटवलमा शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ । कोरोना महामारीका बिचमा शैक्षिक क्षेत्रमा परिरहेको प्रभाव र आगामी रणनीतिका बारेमा रुपन्देहीमा रहेका शैक्षिक प्रतिष्ठानका प्राचार्य तथा प्रतिनिधिहरुसंग छलफल गरिएको हो ।
सो अबसरमा ट्रिटोन इन्टरनेशनल एसएस एण्ड कलेजका सिओओ हृतु न्यौपानेले डिभी एजुकेशसन अन्तर्गत संचालनमा रहेका कलेजहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
डिभी एजुकेशन अन्तर्गत काठमाडौंमा शुभश्री कलेज,सेफर्ड र ट्रिटोन इन्टरनेशनल एसएस एण्ड कलेज संचालनमा छन् । सो अबसरमा बोल्दै सेफर्ड कलेजका कार्यबाहक प्रमुख कविता शर्माले डिभी एजुकेशन अन्तर्गतका कलेजहरुमा गुणस्तरिय अध्ययन अध्यापन हुने बताउनुभयो ।
उहाले एमएमटी, बिएमटी, बिबिए, बिएचएम लगायतका कोर्षहरु चलिरहेको बताउनुभयो । कलेजले रुपन्देही क्षेत्रका बिद्यार्थीहरुका लागि अवसरको सदुपयोग गर्न पनि आग्रह गर्नुभयो । 
सो अबसरमा रुपन्देहीमा रहेका २ दर्जन कलेजहरुका प्राचार्यहरु/प्राध्यापकहरुले शिक्षाको बिकासमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रम सेफर्ड कलेजका बिद्यार्थी बिक्रम खड्काको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)