Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकी प्रदेशमा धारा १६८ (२) को नयाँ सरकार गठन आह्वान

गण्डकी प्रदेशमा धारा १६८ (२) को नयाँ सरकार गठन आह्वान

  • 2.3K
    SHARES

  • गण्डकी प्रदेशमा धारा १६८ (२) को  नयाँ सरकार गठन आह्वान

    पोखरा, वैशाख १२ ।

    गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्।

    वैशाख १४ गते अपरान्ह ४ बजेसम्म नयाँ सरकार गठनका लागि दलहरूले जानकारी गराइसक्नुपर्ने हुन्छ। संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्।Gandaki-Pradesh_QDkAo83Gqo.jpg

    गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो। विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएका थिए।

    अब गठबन्धनबाट सरकार बन्ने सम्भावना छ। मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरेका छन्। कांग्रेस संसदीय दल नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुने सम्भावना छ।gandaki-goverment_EJNRgMxetS.jpg

    यी खबरहरु पनि हेरौँ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology