बुटवल,बैसाख १२ ।
रोटरी क्लव अफ लुम्बिनीले रुपन्देहीको शुद्दाेदन -४ फर्साटिकरमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । रोटरले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राबिधिक सहयोग तथा अन्य क्लवहरुसंगको सहकार्यमा कार्यक्रम गरेको हो ।
सो अबसरमा ५ सय जनाले सुगर, प्रेसर, मुटु,मृगाैला, फाेक्साे, इसिजी, परामर्श सहित निशुल्क स्वास्थ्य लाभ लिएको क्लवका बर्ष २०२२–२३ अध्यक्ष थानेश्वर पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानव स्वास्थ्यमा संबेदनशील बन्नुपर्ने बताउनुभयो । उहाँले सरकारले जनतालाई सहज सेवा दिने नीति बाेकेर अघि बढेको बताउनुभयो ।
पास्ट प्रेसिडेन्ट सुरज क्षेत्रीले समयानुकुल क्लवका हरेका कामहरु प्रशंसनीय रहेको बताउनुभयो । सामाजिक काममा सक्रियता दिनेगरि अघि बढ्नुपर्ने बताउनुभयो ।
सो अबसरमा अतिथिहरु शुद्दाेदनकी उपाध्यक्ष शान्तिदेबी ज्ञवाली,गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका सहसचिव बाबुराम बाेहाेरा,डा. समिर गाैतम,क्लवका प्रेसिडेन्ट ईलेक्ट लक्ष्मण सुवेदी, प्रसिडेन्ट नोमिनी,सुदिप थापा,सचिव पदम खनाल लगायतले बोल्दै अन्य क्लवसंग पनि आपसी सहकार्य गर्नुपर्ने धारणा राखे ।
शिबिरमा डा.समिर गौतम, डा. बिशाल केसी,डा.अभिषेक शाक्य लगायतका डाक्टरहरुको टोलीले सेवा दिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)