बुटवल,बैसाख ८ ।
रोटरी क्लव अफ लुम्बिनीले मेम्बर परिचयात्मक तथा फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ । क्लव चार्टर भएको केही समयमात्रै भएपनि यसले औपचारिक रुपमा कार्यक्रम समेत शुरु गरिसकेको क्लवका बर्ष २०२२–२३ अध्यक्ष थानेश्वर पाण्डेले जानकारी दिनुभयो ।
आज भएको परिचयात्मक तथा फेलोसिप कार्यक्रममा बोल्दै रोटरी क्लव ३२९२ का ड्रिस्ट्रक सर्भिस चियर एजाज आलमले क्लवले नमुना काम गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ योजना र रणनीतिका साथमा क्लवलाइ गति दिन आग्रह गर्नुभयो । पास्ट प्रेसिडेन्ट सुरज क्षेत्रीले समयानुकुल क्लवलाइ सामाजिक काममा सक्रियता दिनेगरि अघि बढ्नुपर्ने बताउनुभयो ।
सो अबसरमा प्रेसिडेन्ट ईलेक्ट लक्ष्मण सुवेदी, प्रसिडेन्ट नोमिनी,सुदिप थापा,सचिव पदम खनाल लगायतले बोल्दै अन्य क्लवसंग पनि आपसी सहकार्य गर्नुपर्ने धारणा राखे । सो क्लवले फर्साटिकर माबि सुद्दोधनमा शनिबार निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)