Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाँकेको बानियागाउँमा दुई समूह बीचमा झडप,धनिरामको मृत्यु

बाँकेको बानियागाउँमा दुई समूह बीचमा झडप,धनिरामको मृत्यु

  • 1.9K
    SHARES

  • बाँकेको बानियागाउँमा दुई समूह बीचमा झडप,धनिरामको मृत्यु

    बुटवल,मंसिर १६-

    बाँकेको जानकी गाउँपालिका–५ स्थित बानियागाउँमा दुई समूहको बीचमा झडप भएको छ ।  झडपमा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले बताए ।

    सोमबार साँझ पूर्णिमाको अवसरमा लागेको मेलामा ‘पुरानो विषय’लाई लिएर दुई समूहबीच विवाद भएको थियो । सो विवाद बढेर झडपको रुप लियो ।

    दुई समूहबीच हानाहान हुँदा गम्भीर घाइते भएका धनिरामको उपचारको क्रममा नेपालगञ्ज नरसिंह कलेजमा निधन भएको हो ।

    झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल र नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ । झडपमा सहभागी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, मंसिर १६ २०७७११:२३:१५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology