Logo बुधवार, श्रावण १३ गते २०८३
images

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियारले थाल्यो अनुसन्धान

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियारले थाल्यो अनुसन्धान

  • 1.4K
    SHARES

  • रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियारले थाल्यो अनुसन्धान

    काठमाडौं,चैत्र २८ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडियोको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए।
    रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको भिडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको थियो। उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ। 

    उनले उक्त रकम सभापति लामिछानेको कोर टिमका सदस्यले मागेको पनि अडियोमा बताएका छन्। ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २र३ जना साथी हुनुहुन्छ। उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन्,’ अडियोमा श्रेष्ठले भनेको सुनिन्छ।

    सोही अडियोको विषयमा अख्तियारले अनुसन्धान सुरु गरेको हो। अख्तियारले सार्वजनिक सञ्चार माध्यमले सार्वजनिक गरेका तथ्यहरुलाई पनि प्रारम्भिक उजुरीको मान्यता दिने गरेको छ। त्यही अनुसार २ करोड रूपैयाँ माग गरेको विषयमा अनुसन्धान सुरु गरेको हो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology