बुटवल,चैत २७ ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालय बुटवलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३८ पोइन्ट रगत संकलन भएको हो ।
सो अबसरमा अन्टार्कटिकामा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा,संस्थाका संस्थापक अध्यक्ष एवं् नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर विश्वकर्मा, सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्मा, सञ्चालक रेवन्तबहादुर विश्वकर्मा, सञ्चालक एम.बी विश्वकर्मा, संस्थापक डा. मेग बहादुर विश्वकर्मा, संस्थापक माधव प्रसाद नेपाल लगायत संस्थाका कर्मचारीहरु, रक्तदाताहरुको उपस्थिती रहेको थियो ।
१३औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, सामुदायिक विद्यालयहरुमा पंखा,वाटर फिल्टर लगायत भौतिक सामाग्री वितरण,दृष्टि विहीन, स्वास्थ्य संस्थाहरुमा भौतिक सामाग्री वितरण,अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्रामम ाजिन्सी तथा खाद्यन्न सामाग्रीवितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, फलफूल वितरण, ट्राफिक कार्यालयहरुलाई ट्राफिक नियमहरु उल्लेखित साइनबोर्डहरु हस्तान्तरण,आखाँ शिवीर कार्यक्रम, स्थानिय प्रहरी चौकीहरुमा भौतिक सामाग्री वितरण, मन्दिर परिसर सरसफाई लगायतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट सृर्जनात्मक कार्यहरु गरी मनाएको जानकारी संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत सुर्य प्रसाद उपाध्यायले गराउनुभयो ।
वित्तीय संस्थाले आफ्नो १३औं वर्ष सम्मको यात्रामा पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्लाहरु र थप ९ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४८ हजार ५ सय समुह सदस्यहरुका माझ सेवा पु¥याउनुका साथै समुह सदस्यको मागमाआधारित विभिन्न सीप मूलकतालीमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व संग सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)