बुटवल,मंसिर १४ -
रुपन्देही जिल्ला भित्र बसोबास गर्ने सामाजिक ब्याक्तिहरुको भेलाले राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देही शाखा स्थापना गरेको छ ।
बुटवलमा भएको भेलाबाट निर्बाचित संचालक समिति र सल्लाकारहरुको पदस्थापन एवं मानव अधिकारका बिषयमा प्रशिक्षण साथै सदस्य परिचय पत्र बितरण कार्यक्रम भएको छ।
जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडेको अध्यक्षता,राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका अधिकृत इन्द्रजित साहनीको प्रमुख आतिथ्यता, सोहि कार्यालयका प्रशासकीय अधिकृत नारायण बस्नेतको बिशिस्ट अतिथ्यतामा र जिल्ला सचिब कमल नेपालको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष उमाकन्ती खत्री,मेख बहादुर आधिकारी, हेम थापा, नारायण बस्नेत, प्रकाश पौडेल लगायतले बोल्दै अधिकारबाट बन्चित भएका मानवजातीको आवाज सुन्ने काम गर्नुपर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका लुम्बिनी प्रदेश कार्यालय अधिकृत इन्द्रजित सहनीले मानव आधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)