Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कञ्चनमा जारी १८ महापुराण पाठपारायण महायज्ञमा भक्तजनहरुको घुइँचाे

कञ्चनमा जारी १८ महापुराण पाठपारायण महायज्ञमा भक्तजनहरुको घुइँचाे

  • 1.1K
    SHARES

  • कञ्चनमा जारी १८ महापुराण पाठपारायण महायज्ञमा भक्तजनहरुको घुइँचाे

    बुटवल,चैत्र १३ ।

    रुपन्देही कञ्चन गाँउपालिका वडा नं. मा १८ महापुराण पाठपारायण प्रवचन तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

    चैत ८ गतेदेखि सुरु भएको महापुराण पाठपारायण प्रवचन चैत १८ गतेसम्म चल्ने छ । व्यवसायी तथा महायज्ञका कर्ता रामकुमार रणपालले आफुहरुले सोचे भन्दा पनि धेरै भक्तजनहरुको सहभागिता रहेको र अगामी दिनमा अझै धेरै भक्तजनहरुको सहभागिता रहने विश्वास व्यक्त गरे ।

    धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा भएको महायज्ञमा प्रमुख कथा बाचक ईश्वर रेग्मीले कथा वाचन गरिरहेका छन् । यसका साथै ३० भन्दा बढी पण्डितहरुले स्वस्ति वाचन गर्नेछन् ।

    धर्ती माता विष्णु कुँवरले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि आफुले महायज्ञ गरेको बताईन् ।सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई छ । धर्म गर्ने संस्कारको विकास समेत महायज्ञबाट हुने उनले बताईन् ।

    धर्ती माताबाट प्रभावित भएर अमेरिकाबाट नेपाल आएकी सीता थापाले धर्ती माताले सर्वत्र शान्तिको कामना गर्दै हिंडेको भन्दै सबैले धर्म र संस्कृतिलाई अनुसरण गर्नुपर्ने बताइन् ।‘यो कंचन गाउँपालिकाको रामनगरको डाँडामा विश्वशान्तिको लागि र मानिसहरु धर्मकर्ममा पछिल्लो समय हराउँदै गए जस्तो भएको छ ।

    यसकारण सबैलाई धर्मकर्म प्रति आकर्षित गर्न र यहाँबाट विश्वशान्तिको सन्देश दिनको लागि यो महापुराण गरेका हौँ ।’– उनले भने । साथै महापुराणमा आएर सबैलाई दर्शन गर्नका लागि आग्रह गर्दै आफ्नो पितृको नाममा १ रुपियाँदेखि १ लाखसम्म दान गर्न सकिने महायज्ञकर्ता रणपालले बताए । ‘

    आजसम्म भक्तजनहरुको त राम्रो सहभागिता रहेको छ । अन्य दिनमा पनि अझ सहभागि हुनु हुने छ। यहाँ आएर तपाईहरुले आफ्ना पितृको नाममा १ रुपियाँदेखि १ लाखसम्म सहयोग गर्न सक्नु हुन्छ ।’– उनले भने ।

    महापुराणमा रुपन्देही जिल्लाबाट मात्रै नभई रुपन्देही बाहिरका जिल्लाबाट पनि भक्तजन आएर आफ्ना पितृको नाममा दान गरेको उनले बताए ।कार्यक्रममा बिहान १२ देखि साझ ५ बजे सम्म र ६ बजे देखि भजन कृतन हुने भैरहेको स्थानीय युवा उज्जवल गिरीले जानकारी दिए ।yagya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology