Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही कञ्चनमा १८ महापुराण तथा ज्ञान महायज्ञ सुरु

रुपन्देही कञ्चनमा १८ महापुराण तथा ज्ञान महायज्ञ सुरु

  • 1.4K
    SHARES

  • रुपन्देही कञ्चनमा १८ महापुराण तथा ज्ञान महायज्ञ सुरु

    बुटवल,चैत १० ।

    रुपन्देही कञ्चन गाँउपालिका वडा नं. १ मा १८ महापुराण पाठपारायण प्रवचन तथा ज्ञान महायज्ञ सुरु भएको छ । चैत्र ८ गते देखि शुरु महायज्ञमा बाक्लाे स‌ख्यामा भक्तजनको सहभागिता छ।

    कार्यक्रममा कञ्चन वाड न १ वाड अध्यक्ष हरिनारायण थारुले धर्मले समाजमा हुने काट मार बिकृती अन्त्य गर्न सहयोग पुग्ने बताए ।धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा हुन भएको महायज्ञमा प्रमुख कथा बाचक ईश्वर रेग्मीले कथा वाचन गर्नेछन् ।

    बिश्व शान्तिका लागि महायज्ञ  गरिएको हो । चैत ८ गतेदेखि १६ गते सम्म चल्ने महायज्ञमा पाठ पुराण, ३० भन्दा बढी पण्डितहरुले स्वस्ति वाचन गर्नेछन् । स्थानीय समाजसेवि एवं कञ्चन गाउँपालिका वडा नं. १ का वडा सदस्य लोकनाथ ढकालले समाज अन्धकारमा गएको, नैतिकता हराएको भन्दै महायज्ञबाट नैतिक शिक्षाका साथै धर्म संस्कृतिको रक्षा हुने बताए ।

     धर्ती माता विष्णु कुँवरले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि आफुले महायज्ञ गर्न लागेको बताईन् । सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई छ । धर्म गर्ने संस्कारको विकास समेत महायज्ञबाट हुने उनले बताईन् ।

    धर्ती माताबाट प्रभावित भएर अमेरिकाबाट नेपाल आएकी सीता थापाले धर्ती माताले सर्वत्र शान्तिको कामना गर्दै हिंडेको भन्दै सबैले धर्म र संस्कृतिलाई अनुसरण गर्नुपर्ने बताइन् । कार्यक्रममा बिहान १२ देखि साझ ५ बजे सम्म र ६ बजे देखि भजन कृतन हुने छ ।mahaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology