Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुकुममा जन्ती बोकेको जीप दुर्घटना,चार जनाको मृत्यु

रुकुममा जन्ती बोकेको जीप दुर्घटना,चार जनाको मृत्यु

  • 4.5K
    SHARES

  • रुकुममा जन्ती बोकेको जीप दुर्घटना,चार जनाको मृत्यु

    बुटवल ,मंसिर १३ - 

    जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ ।

    आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।

    दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उहाँले जानकारी दिनुभयो । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology