बुटवल ,मंसिर १३ -
भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी एक युवाको आतंककारी हमलामा परि मृत्यु भएको छ ।
भारतको जम्मु कस्मिरमा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवसी ३० बर्षीय प्रेम केसीको शुक्रवार विहान आतंकारी हमला परि मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
शुक्रवार विहान ५ बजेतिर केसीको समुहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटो मै मृत्यु भएकोे दाजु तुलसी केसीले बताए ।
दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार विहान ९ बजेतिर फोन गरि प्रेमलाई गोली लागेको भन्ने खवर दिएको थियो ।
लगतै उनका साथीहरुलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएका तुलसीले बताए । प्रेमको शव लिन बोलाएको हुँदा घरवाट उनका बुवा लालबहादुर केसी भारत गइ सकेका छन् ।
प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन । प्रेमले भारतीय सेनामा जागिर खाएको १४ बर्ष पुगेको थियो । प्रेमका ७ बर्षीया छोरी र ५ बर्ष जतिका छोरा रहेको तुलसीले जानकारी दिए ।
उनको शव शनिवार सम्म आइपुग्ने जानकारी दिइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)