बुटवल ,मंसिर १०-
कोरोना भाइरसबाट थप १९४८ जना संक्रमित भएका छन् । गत २४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३१४० जना डिस्चार्ज भएका छन् । नेपालमा किनो हुनेको दर ९२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३८९ जना रहेको छ ।
काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित भएका छन् । काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना संक्रमित भए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)