Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले सहकार्य गर्ने

स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले सहकार्य गर्ने

  • 1.7K
    SHARES

  • स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनले सहकार्य गर्ने

    काठमाडौं, फागुन २१ ।

    त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन्। 

    स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी स‌ंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृस‌ंगठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।
     
    उनले विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी संगठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताइन्। यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले क्याम्पसमा नाम दर्ता गराएका छन्। ती विद्यार्थी संगठनले छुट्टाछुट्टै संगठनको नाम दर्ता गराएका हुन्। 

    आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ। कार्यतालिकाअनुसार यही फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिनेछ। यस्तै स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology