बुटवल,फागुन २० ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रसिद्ध सिद्धबाबा मन्दिर विकास समितिले निर्माण गर्न लागिएको सुरुङ्ग मार्गको कारण सिद्धबाबा मन्दिरमा कुनै पनि असर नपर्ने बताएको छ ।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनलेसुरुङ्गकै कारण मन्दिर सर्ने भन्ने विषय नभएको बताए ।
उनले आयोजना संगको छलफलमा मन्दिरले निर्माण गरेको धर्मशाला सहितका व्यवसायीक सटरमा प्रारम्भीक चरणमा सडक डाईभर्सन गर्नको लागि हटाउन सकिने कुरा भए पनि अन्तीम डिपीआरको निर्णय आईनसकेको कारण अहिले नै आत्तसक्नुपर्ने अवस्था नआएको बताए । उनले सुरुङ्ग मार्ग आयोजनासंगको पहिलो चरणको छलफलमा व्यवसायीक सटरहरु हट्न सक्ने कुरा आएपनि अहिले डिपीआरको फाईनल रिर्पोट नआईसकेको कारण अहिले नै आत्तीहाल्नुपर्ने अवस्था नआएको बताएका हुन ।
सिद्धबाबा सुरुङ्ग मार्ग आयोजनाको ठेकेदार कम्पनी चाईनीज कम्पनीका प्रोजेक्ट हेड मिष्टर सिसि सुङ्ले डिपीआर भन्दा वाहिरको काम नहुने बताए । उनले डिपीआर प्रोजेक्ट रिर्पोट अनुसार नै काम हुने जानकारी दिदै सोही अनुसारको काम हुने बताएका हुन ।सिद्धबाबा मन्दिर विकास समितिका सचिव अरविन्द पाण्डेले मन्दिर सबैको आस्थाको केन्द्र भएको कारण मन्दीर देखि केही मिटर उत्तर तर्फ रहेको पुरानो पार्कीङ्ग र पानी ट्यांकी निरबाट सुरुङ्गमार्गको द्वार निर्माण हुने भएको कारण मन्दिरमा कुनै असर नपर्ने बताए ।
मन्दिर विकास समितिका पुर्व सहसचिव बिष्णु पाण्डे तथा बर्तमान सदस्य तोया लम्साललेले सकेसम्म मन्दिरको धर्मशाला समेत बचाएर सडक र सुरुङ्ग निर्माण गर्नका लागि पहल गरिएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)