Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

  • 2.0K
    SHARES

  • बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

    बुटवल ,मंसिर १०-

    महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

    उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले बताए । 

    बर्दिबास नगरापालिका–१  घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । 

    ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले  गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।

    महोत्तरीको बर्दिबासमा प्रहरीमाथि ढुंगामुढापछि गोली चल्याे, घाइतेलाई काठमाडौं पठाइयो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, मंसिर १० २०७७१०:१७:३३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology