बुटवल,फागुन १६ ।
मगर समुदायले साेमबार ४१ औँ मगर दिवस धुमधामका साथ देशभर मनाएका छन् । २०३९ साल फागुन १५ मा पहिलो पटक तनहुंमा मगर समुदाय एकताबद्ध भएको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।
मगर दिवसकै अवसरमा रुपन्देहीमा पनि मगर समुदायले धुमधामका साथ मगर दिवस मनाएका छन । सोमबार मगर समुदायले आफ्नो भेषभुषामा सजिएर बुटवलको लखन चोक चौराहाबाट ¥याली निकाल्दै बिभिन्न स्थानहरुको परिक्रमा गर्दै बाजेबजै थानमा पुगेर कार्यक्रमको आयोजना गरेका थिए ।
परम्परागत कुण्डलेघर, बाटुलेघर, घुमाउनेघर जस्ता लोपोन्मुख झाँकीहरु सहित निस्केको मगर ¥यालीमा मगर भेषभुसामा सजिएका सयौं युवा युवतीहरु कार्यक्रममा एक साथ सहभागि भएर नाचगान गर्दै मनाएका हुन ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिको उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा भेषभुषा ,भषा , संस्कृतिको संरक्षणसँगै मगर दिवसलाई मुख्य पर्वको रुपमा मनाएको उनिहरुले बताएका छन ।
सो अवसरमा बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर ,थारु र नेवार समुदायको भाषा संरक्षणको लागि नगरले पहल गरेको बताउनु भयो । नेपाली भाषा सहित मगर , थारु नेवारी भाषाको वडा पत्र नगरमा राख्ने तयारी भईरहेको जानकारी दिनुभयो।
रुपन्देही जिल्लामा पाल्पा ,गुल्मी , अर्घाखाँचीबाट बसाईसराई गरि आएका मगर समुदायको बसोबास रहेको छ । मगर संघ दिवस मनाई रहदा मगर समुदायले भने आफ्नो भाषा विर्सिर्दैैै गएको प्रति कार्यक्रममा बोल्ने बक्ताहरुले गुनाशो पोखेका थिए ।
रुपन्देही जिल्लामा १ लाख भन्दा बढि मगर समुदायको बसोबास रहेको तथ्यांक छ । दिवसको अवसरमा रुपन्देहीका बुटवल , सैनामैना , तिलोत्तमा र देवदह नगरपालिकाले स्थानीय बिदा समेत थिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)