Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का,यस्तो छ अंकगणित

राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का,यस्तो छ अंकगणित

  • 3.9K
    SHARES

  • राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का,यस्तो छ अंकगणित

    बुटवल,फागुन १२ ।

    माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का जस्तै भएको  छ । कांग्रेसले रामचन्द्र पाैडेल वा कृष्णप्रसाद सिटाैलामध्ये एक जनालाइ उम्मेदवार बनाउने छ । तर पाैडेल नै उम्मेदवार बन्ने एक कांग्रेस नेताले नागरिक अनलाइनलाई बताए ।

    राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच केहिबेरअघि सहमति भएको छ ।संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्‍याउनु पर्दछ ।

    कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिजाप्रति कांग्रेस ढुक्क छ ।

    यो निर्णयसँगै पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने पक्का भएको छ। रामवरण यादव मुलुकको पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बनेका थिए।

    को हुन् रामचन्द्र पाैडेल ?

    Free-Medical-Camp.jpg

    पौडेल प्रतिनिधि सभाको सभामुख र उपप्रधानमन्त्री रहिसकेका छन्। उनी नेपाली कांग्रेसको पूर्व उपसभापति पनि हुन्।

    पौडेल राजा महेन्द्रले २०१७ सालमा कू गरेपछि वामपन्थी विद्यार्थी राजनीतिको झुकाव छाडेर पौडेल नेपाली कांग्रेससँग जोडिएका थिए। ३० वर्षे लामो पञ्चायतका दौरान पौडेलले कांग्रेसमा बसेर अविचलित रूपमा संघर्ष गरे।

    उनी २०२७ सालमा गठित नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिए। पञ्चायतको समयमा पौडेलले राजनीतिक बन्दीका रूपमा पटकपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्। 

    २०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछिको आम निर्वाचनमा उनी गृह जिल्ला तनहुँबाट निर्वाचित भएका थिए। त्यसयता २०७४ सालमा बाहेक पौडेल तनहुँबाट ६ पटक सांसद निर्वाचित भएका छन्। 

    पाँच वर्षअघि भएको १३ औं महाधिवेशनमा पौडेल शेरबहादुर देउवासँग नेपाली कांग्रेसको सभापतिमा पराजित भएका थिए। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उनी एमालेका झलनाथ खनालसँग पराजित भएका थिए।

    लामो राजनीतिक जीवनमा मुलुकको सर्वोच्च कार्यकारी पदमा पुग्न नसकेका पौडेल प्रति देशभरका कांग्रेसी नेता तथा कार्यकर्ताको सहानुभूति रहने गरेको छ।  पौडेलले नेपाली साहित्यमा एमए र संस्कृतमा शास्त्री गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology