बुटवल,फागुन १२ ।
मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको छ ।
रुस-युक्रेनको युद्ध शुरू भएको १ वर्ष भैसकेको र अझै सम्म पनि युद्ध अन्त्य हुने अवस्था नदेखिएकोले दुवै देशलाई तत्काल युद्ध रोक्न आग्रह एवं दवाव सिर्जना गर्न शान्ति समाजले बिरोध प्रदर्शन गरेको हो ।
समाजको देशब्यापी कार्यक्रम अन्तर्गत रुपन्देही शाखाले कार्यक्रम गरेको शाखा सभापति कृष्ण भट्टराइले बताउनुभयो ।
सो अवसरमा आधा घण्टा प्ले कार्ड प्रदर्शन गरिएको थियो । रुस : युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर,युद्ध निषेध : शान्ति विशेष,रुस : युद्ध रोक, शान्ति प्रवद्र्धन गर,रुस : युक्रेनमाथि आक्रमण बन्द गर लेखेका प्ले कार्ड प्रदर्शनपछिको कोणसभामा बोल्दै समाजका केन्द्रिय सल्लाहकार तथा निर्तमान सभापति गोबिन्द खनालले रुस-युक्रेनको युद्ध रोकिनुपर्ने र यसमा संयुक्त राष्ट्रसंघको सकारात्मक भूमिका देखिनुपर्ने बताउनुभयो ।
उहाँले युद्धले अर्बौ अर्बौँ संरचना ध्वस्त पारेको र विश्व समाजनै तहसनहस पारेको बताउनुभयो ।कार्यक्रममा केन्द्रिय सदस्य डिपि खनालले रुस-युक्रेनको युद्ध रोकिनुपर्ने धारणा राख्नुभयो ।
जिल्लाका पूर्व सभापति कृष्णप्रसाद पराजुली,जिल्लाका उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे लगायतले बोल्दै रुस -युक्रेन देशलाई तत्काल युद्ध रोक्न आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)