Logo बिहिवार, आश्विन १ गते २०८३
images

बैतडीमा जीप दुर्घटना,५ जनाको मृत्यु ४ जना घाइते

बैतडीमा जीप दुर्घटना,५ जनाको मृत्यु ४ जना घाइते

  • 3.5K
    SHARES

  • बैतडीमा जीप दुर्घटना,५ जनाको मृत्यु ४ जना घाइते

    बुटवल,मंसिर ९-

    बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी  जाँदै गरेको ना १ ज २१९६ को जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु  भएको हो । 

    मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  दुर्घटनाको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology