Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउको खेल महोत्सवमा १ हजार २ सय बिद्यार्थी सहभागि

तिनाउको खेल महोत्सवमा १ हजार २ सय बिद्यार्थी सहभागि

  • 1.6K
    SHARES

  • तिनाउको खेल महोत्सवमा १ हजार २ सय बिद्यार्थी सहभागि

    बुटवल,फागुन १ ।

    तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा सोमबार प्राबि र निमाबि तहका बिद्यार्थीबिचमा खेलकुद प्रतियोगिता भएको छ । माघ २७ गतेदेखि खेल महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।

    बुटवल ११ देवीनगरमा रहेकको स्कूलमा सबैतहका गरि करिब १ हजार २ सय बिद्यार्थीले यो महोत्सवमा भाग लिइरहेको बिद्यालयका सहसंयोजक अग्निधर पोख्रेलले बताउनुभयो । खेल महोत्सवमा उत्कृष्ट बिद्यार्थीहरुलाइ फागुन ५ गते शुक्रबार एक समारोहका बिच पुरस्कार बितरण गरिने खेलकूद संयोजक वेद न्यौपानेले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताह उत्कृष्ट बनाउन सबै शिक्षक, विद्यार्थी लाग्नुपर्ने बताउनुभयो । उहाँले तिनाउले बिद्यार्थीलाइ अध्ययनका अलावा रचनात्मक कृयाकलापमा पनि सहभागि बनाइरहेको बताउनुभयो ।स्कूलकी प्राचार्य सिता पाण्डका अनुसार  प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।

    सोमबार स्पुन रेस, हाजिरीजवाफ,चेस, टेवल टेनिस,क्यारम बोर्ड,डोरी खेल्ने , बल कलेक्सन ,भलिवल ,ब्याडमिन्टन लगायतलका खेल भएको स्कुल  संयोजक नारायण पोखेलले जानकारी दिनुभयो । टेवल टेनिसमा कक्षा ७ की सन्जना घर्ती,गुन्जन श्रेष्ठ,स्नेहा मगर त्यस्तै सुसान्त पुन,अभिषेक पन्थी,अभिनव ज्ञवालीले क्रममा प्रथम,द्वितिय र तितृय स्थान हासिल गरेका छन् । सोमबार कक्षा १ देखि माथिका कक्षाहरुमा बिधागत प्रतियोगिता भएका हुन् ।

    खेल अवधिभरमा लेवल अनुसार बेलुन फुटाउने,चक्लेट खाने,म्युजिकल स्ट्याचु,बल कलेक्सन,कलर गेम,स्पुन रेस,हट पोटाटो, हाजिरीजवाफ,चेस,टेवल टेनिस,क्यारमबोर्ड,हिसाब दौड,स्लोसाइकल रेस,तेक्वान्दो ,भलिवल,रिले रेस,एथलेटिक्स ,क्रिकेट,कपर्दी ,सटपुट ,ब्याडमिन्टन ,चित्रकला प्रतियोगिता हुनेछन् ।tinau.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology