Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ बोर्डिङ स्कूलमा खेल सप्ताह शुरु,१ हजार २ सय बिद्यार्थी सहभागि हुने

तिनाउ बोर्डिङ स्कूलमा खेल सप्ताह शुरु,१ हजार २ सय बिद्यार्थी सहभागि हुने

  • 3.5K
    SHARES

  • तिनाउ बोर्डिङ स्कूलमा खेल सप्ताह शुरु,१ हजार २ सय बिद्यार्थी सहभागि हुने

    बुटवल,माघ २७ ।

    बुटवल ११ देवीनगरमा रहेको तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा खेल महोत्सव शुरु भएको छ। खेल सप्ताह फागुन ४ गते सम्म सञ्चालन हुने छ भने पुरस्कार ५ गते एक समारोहका बिचमा प्रदान गरिने  स्कूलका खेलकूद संयोजक वेद न्यौपानेले बताउनुभयो।

    खेलको   स्कूलका संस्थापक अध्यक्ष यज्ञमूर्ति पाण्डे , प्राचार्य सिता पाण्डे, स्कुल  संयोजक नारायण पोखेल, सह संयोजक अग्निधर पोख्रेल र बिभिन्न लेवल ईन्चार्जहरूले संयुक्तरुपमा बेलुन उडाएर शुभारम्भ गर्नुभएको थियो। शुक्रबार प्रि–प्राइमरी तहमा खेलकुदका प्रतियोगिता भएका हुन् ।

    खेल अवधिभरमा ३ दर्जन  बिधामा १ हजार २ सय बिद्यार्थीहरु बिचमा  प्रतिस्प्र्धा हुनेछ ।कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताह उत्कृष्ट बनाउन सबै शिक्षक, विद्यार्थी लाग्नुपर्ने बताउनुभयो । उहाँले तिनाउले बिद्यार्थीलाइ अध्ययनका अलावा रचनात्मक कृयाकलापमा पनि सहभागि बनाइरहेको बताउनुभयो ।स्कूलकी प्राचार्य सिता पाण्डेले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने बताउनुभयो ।

    आज भएको बेलुन ब्रस्ट’ खेलमा मन्टेस्वरी तर्फ अत्बीना पुन प्रथम, रचना पछाई द्वितिय र सम्राट बि.क. तृतिय भए त्यसै गरी नर्सरी तर्फ यर्स्टन बि.क. प्रथम, गरीमा रोका द्वितिय र दिपसन खत्री तृतिय भए सोही खेलमा एल. के. जी. तर्फ एल. के. जी. होपवाट एरी क्षेत्री प्रथम, लोटस्की प्रकृति श्रेष्ठ द्वितिय होपबाट हेनम गाहा तृतिय भए।

    यु के जी तर्फ सोही खेलमा ट्रष्टका प्रवेश चौधरी प्रथम फेथकी आहाना पटेल द्वितिय र होपका सम्म समरपन बि.क. तृतिय स्थान हासिल गरे।कक्षा १ तर्फबाट सोही खेलमा जेविस रक्त्री ट्रष्टका प्रथम, आरुसी खनाल द्वितिय र अबए चौधरी तृतिय भए ।कक्षा–१ कै चम्चा दौडमा बिवसन भुसाल प्रथम, आपसी खलान द्वितिय र एड्रेना रायमाझी  तृतिय भए। खेल महोत्सवको टफी बाईट खेलमा नर्सरीका ध्रुव सुनार प्रथम  उमंग सुनार द्वितिय र अनुखी पौडेल तृतिय भए भने एल के. जी. तर्फ  सियसा सेजवाङ प्रथम,  दिया बराल द्वितिय र सक्षम पौडेल तृतिय भएका छन् ।

    यु. केजी तर्फवाट भने अनुज महत प्रथम, बिन्दु गाहा द्वितिय र समरपन बि.क. तृतिय भएका छन् । खेल सप्ताह संयोजक बिकास उदय रहेका छन् । अतिरिक्त कृयाकलाप इन्चार्ज बेदप्रसाद न्यौपानेका अनुसार खेल अवधिभरमा लेवल अनुसार बेलुन फुटाउने,चक्लेट खाने,म्युजिकल स्ट्याचु,बल कलेक्सन,कलर गेम,स्पुन रेस,हट पोटाटो, आज बाकं भोलिमा हाजिरीजवाफ,चेस,टेवल टेनिस,क्यारमबोर्ड,हिसाब दौड,स्लोसाइकल रेस,तेक्वान्दो ,भलिवल,रिले रेस,एथलेटिक्स ,क्रिकेट,कपर्दी ,सटपुट ।ब्याडमिन्टन ,चित्रकला प्रतियोगिता हुनेछन् ।tinn.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology