Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनी प्रदेशका ३ जिल्लामा ‘ल्याप्रोसी मिसन’ कार्यक्रम प्रभावकारी बनाइने

लुम्बिनी प्रदेशका ३ जिल्लामा ‘ल्याप्रोसी मिसन’ कार्यक्रम प्रभावकारी बनाइने

  • 2.5K
    SHARES

  • लुम्बिनी प्रदेशका ३ जिल्लामा ‘ल्याप्रोसी मिसन’ कार्यक्रम प्रभावकारी बनाइने

    बुटवल,मंसिर ७-

    विगत लामो समय देखि कुष्टरोग निवारणमा काम गर्दे आएको दी ल्याप्रोसी मिसन नेपालले लुम्बिनी प्रदेशको ३ जिल्लामा राईट परियाेजना अन्तरगर्त (शेर्पा स्टडी) कार्यक्रम गर्ने भएको छ ।

    नेपालमा पहिलो पटक लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका ६ स्थानमा  रहेका कुष्ठ प्रभावितहरुको विषयमा उनीहरुको भोग्दै आएको समस्या, उपचार, समाजले हेर्ने दृष्टिकोण लगायतको विषयमा परियोजनाले अध्ययन गर्ने भएको हो ।

    परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजना गरिएको कार्यक्रममा  बोल्दै ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाईरेक्टर सोभाखर कण्डेलले कुष्टरोगबाट  अपाङ्गता हुनबाट जोगाउनको लागि यो अभिायन सार्थक हुने जानकारी दिए ।

    उनले नेपालमा ३ वटा जिल्लामा गरिएको अध्ययन पश्चात स्थानिय तह, प्रदेश सरकार र नेपाल सरकारले समेत सोही बमोजिमको कार्ययोजना निर्माण गरी लागू गरेमा कुष्ठप्रभावितहरुमा ठुलो राहत हुने अपेक्षा गरिएको जानकारी दिए । 

    कार्यक्रममा बोल्दै प्रदेश सभा सांसाद विष्णु प्रसाद पन्थीले अपाङ्गता भएका व्याक्तीहरु, कुष्ठ प्रभावित व्याक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण सहज नभएको भन्दै सोही अव विस्तारै समाज परिर्वतनको बाटोमा अगाडी बढिरहेको बताए ।

    उनीहरुको साथमा प्रदेश सरकार रहेको भन्दै सांसद पन्थीले  सहयोगको लागि आफु जहिले पनि तयार रहेको बताए । कार्यक्रममा  लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वाथ्य शाखा प्रमुख डा. उमाशंकर प्रसाद  चौधरी,  स्वाथ्य निर्देशनालय प्रमुख डा. विनोद कुमार गिरी,जनस्वाथ्य कार्यलय कपिलवस्तुका प्रमुख योगेन्द्र प्रकास भगत, राइट प्राेजेक्टका रिसर्च अफिसर सुरज पुरी ,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारी, गैरसरकारी संस्था महासंघ रुपन्देही अध्यक्ष रिमा विसी,संस्थाकी राधा अधिकारी,लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

    कार्यत्रममा बोल्दै अधिकांसले कुष्ठरोगको उपचार गर्ने भिन्दै अस्पताल तथा रिहावलीटेसन केन्द्र आवश्यक रहेको बताएका थिए । 
    कार्यक्रममा परियोजना रिसर्च प्रिन्सिपल डा. ईन्द्र नापितले परियोजनको विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology